Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

स्थगित कांग्रेस सप्तरीको जिल्ला अधिवेशन सुरु

स्थगित कांग्रेस सप्तरीको जिल्ला अधिवेशन सुरु

  • 372
    SHARES
  • स्थगित कांग्रेस सप्तरीको जिल्ला अधिवेशन सुरु

    काठमाडौं । विभिन्न कारण स्थगित भएको नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि  जिल्ला अधिवेशन मंगलबारसुरु भएको छ । आज बिहानबाट मतदान सुरु भएको नेपाली कांग्रेसले जनाएको छ ।

    सप्तरीको राजविराजस्थित पब्लिक माविमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको कांग्रेस नेता बद्री महत्मान यादवले जानकारी दिए । नयाँ नेतृत्वका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साहले उम्मेदवारी दिएका छन् ।

    यसअघि फागुन २१ गते रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचन स्थलमा एउटै व्यक्तिले पटक–पटक मतदाताको सहयोगी बनेको भन्दै विवाद उत्पन्न भएर अधिवेशन स्थगित भएको थियो ।

    निर्वाचन अधिकृत डा.रुद्र शर्माका अनुसार जिल्ला अधिवेशनका लागि कूल दुई हजार ५३५ मतदाता छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij