Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

स्वस्थ रहनका लागि महिलाहरूले यी कुरामा दिनुपर्छ विशेष ध्यान

स्वस्थ रहनका लागि महिलाहरूले यी कुरामा दिनुपर्छ विशेष ध्यान

  • 479
    SHARES
  • स्वस्थ रहनका लागि महिलाहरूले यी कुरामा दिनुपर्छ विशेष ध्यान

    एजेन्सी । आजको समयमा महिलाहरू पुरुषको साथमा पाइला-पाइलामा अघि बढ्दै छन् र आफ्नो छाप बनाइरहेका छन् । महिलाको जीवन धेरै संघर्षपूर्ण छ भन्नु पटक्कै गलत होइन । आफ्नो जिम्मेवारी पूरा गर्दा, तिनीहरू आफ्नो स्वास्थ्यमा कम ध्यान दिनछन् । तर उनीहरूले आफ्नो स्वास्थ्यको तर्फ पनि ध्यान दिनु आवश्यक हुन्छ । महिलाले आफ्नो स्वास्थ्यलाई विग्रन नदिन आजैबाट सुरु गर्नुपर्छ यी काम । 

    तनाव कम गर्नुहोस् : महिलाहरु धेरै तनाव लिने गरेको विज्ञहरु बताउँछन्, जसको प्रत्यक्ष असर उनीहरुको स्वास्थ्यमा पर्छ । जिम्मेवारी, करियर आदिका कारण तनाव सामान्य हो भनी बुझ्न सक्छौं तर तनाव लिँदा कुनै पनि समस्या समाधान हुँदैन । त्यसैले तनाव नलिई आफ्नो समस्या परिवारका सदस्यहरूसँग बाड्नुहोस् र त्यसको समाधान खोज्नुहोस् । तनाव लिँदा बाँझोपन, डिप्रेसन, चिन्ता र हृदय रोगको जोखिम बढ्छ । तनाव कम गर्न ध्यान र योग पनि गर्न सकिन्छ ।

    धेरै पानी पिउनुहोस् : स्वास्थ्य सुधार गर्ने सबैभन्दा ठूलो कारक शरीरलाई हाइड्रेटेड राख्नु हो । शरीरको ६० प्रतिशत भाग पानीले बनेको हुन्छ, जसको मतलब तपाईको शरीरका अंग र कोशिकाहरूलाई राम्रोसँग काम गर्न पर्याप्त पानी चाहिन्छ । त्यसैले पर्याप्त मात्रामा पानी पिउनुहोस्, जसले गर्दा स्वास्थ्य राम्रो रहन्छ । धेरै पानी पिउनाले शरीरमा अक्सिजनको आपूर्ति बढ्छ । जसुले छालाको स्वास्थ्यलाई बढावा दिन्छ शरीरको फोहोर बाहिर निस्कन्छ र भिटामिन, मिनरल सजिलै शरीरमा पुग्न सक्छ ।

    रातमा ७ वा ८ घण्टा सुत्नुहोस् : पर्याप्त निद्राबाट शरीरलाई धेरै फाइदा हुन्छ, किनकि समग्र स्वास्थ्यको लागि निद्रा धेरै महत्त्वपूर्ण छ भनेर विज्ञहरूले बताउँछन् । राम्रो निद्राले दिमाग र शरीरलाई रिसेट गर्छ । अक्सर धेरै महिलाहरु धेरै पटक घरको काम, पढाई वा बच्चाहरुको हेरचाहमा अबेरसम्म सुत्दैनन् र बिहान पनि चाँडै उठ्छन् । जसका कारण उनीहरुलाई पर्याप्त निन्द्राको कमी हुन्छ । कम्तिमा ७ देखि ८ घण्टा सुत्नु पर्ने विज्ञहरू बताउँछन् । 

    स्वस्थ खाना खानुहोस् : ट्रेन्डी डाइट र जंक वा फास्ट फूड खान सबैलाई मन पर्छ, तर यी चीजहरूले शरीरलाई धेरै हानि पुर्‍याउँछ । त्यसैले पुरुषसँगै महिलालाई पनि प्राकृतिक चिज र खानेकुरा खाने सल्लाह दिइन्छ । ताजा फलफूल वा तरकारी, सम्पूर्ण अन्न, खैरो चामल, खानामा क्विनोआ, ओट्स, फलफूल आदि समावेश गर्नुहोस् । 

    दिनमा कम्तीमा २० देखि ३० मिनेट हिड्नुहोस् : तपाईलाई स्वस्थ रहन जिम जान आवश्यक पर्दैनन् । दिनमा २० देखि ३० मिनेट हिड्नु स्वास्थ्यका लागि निकै लाभ लदायक मानिन्छ ।

    भिटामिन, मिनरल युक्त खानेकुरा खानुहोस् : पुरुषको तुलनामा महिलाको शरीरमा भिटामिन र खनिजको कमी पाइन्छ । त्यसैले सधैं भिटामिन र मिनरल्स भएको खानेकुरा खानुहोस्, ताकि पछि रोग नलागोस् । क्याल्सियम, भिटामिन डी, फोलेट, आइरन, भिटामिन सी, भिटामिन बी १२, म्याग्नेसियम प्रचुर मात्रामा सेवन गर्नुपर्छ ।

    धेरै फाइबर खानुहोस् : फाइबर युक्त खाना खानु उचित पाचन, छालाको गुणस्तर र पेटको स्वास्थ्य कायम राख्न धेरै महत्त्वपूर्ण छ । त्यसैले आहारमा फाइबरयुक्त सागसब्जी र गेडागेडी खानुपर्छ । 

    हरेक वर्ष चेकजाँच गराउनु होस् : कतिपय विज्ञहरूले महिलाहरूले हरेक वर्ष शरीरको परीक्षण गराउनुपर्ने सुझाव दिन्छन् । यदि तपाई २१ वा माथि हुनुहुन्छ भने पाठेघरको क्यान्सर जाँच गर्न प्रत्येक ३ वर्षमा परीक्षण गराउनुहोस् । यदि तपाई ३० देखि ३५ वर्षको हुनुहुन्छ भने तपाईले प्रत्येक ५ वर्षमा प्याप टेस्ट र एचआभी परीक्षण दुवै गर्न सक्नुहुन्छ । 

    सधै खुसी रहनु : महिलाहरुका लागि सधैं खुसी र सकारात्मक रहनु धेरै जरुरी छ । चाहे त्यो छोरी होस्, बुहारी होस् वा सासू, परिवारका सदस्यहरूले उनीबाट साहस पाउँछन् । त्यसैले सधैं खुसी रहनुहोस् र कुनै समस्या भएमा परिवारलाई खुलेर भन्नुहोस् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij