Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

डेंगुको निःशुल्क पिसिआर परीक्षण

डेंगुको निःशुल्क पिसिआर परीक्षण

  • फाल्गुण २५, २०७८ बुधवार १३:३५ बजे
  • 462
    SHARES
  • डेंगुको निःशुल्क पिसिआर परीक्षण

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिका, डेंगु र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निः शुल्क पिसिआर परीक्षण सुरु गरिएको जानकारी दिएका हुन् ।

    उनले लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन आग्रह गरेका छन् । यसअघि कोरोना भाइरसको संक्रमणको पनि निःशुल्क परीक्षण गरिएको छ ।

    प्रयोगशालाका प्रवक्ता राजेश गुप्ताले विदेशबाट आएका लक्षण भएका बिरामी र चिकित्सकले सिफारिस गरेका बिरामीलाई प्रयोगशालामा निःशुल्क पिसिआर परीक्षण गर्ने गरेको बताए ।

    तीनवटै रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । एक्कासि ज्वरो आउने, थकाइ महसुस हुने, अत्यधिक जोर्नी दुख्ने, वाकवाकी लाग्ने तथा टाउको, मांसपेशी दुख्ने जस्ता लक्षण देखिने गर्दछन् ।

    मन्त्रालयले दिउँसो सुत्दा पनि झूल टाँगेर सुत्ने, घरको झ्याल ढोकामा लामाखुट्टे नछिर्ने जाली हाल्ने, सकेसम्म जति बेला पनि लामो बाहुला भएका लुगा लगाउने, लामखुट्टे भगाउने धूप वा मल्हमको प्रयोग गर्न आग्रह गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij