Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

विद्यार्थीकाे मृत्युपछि सडक अवरोध

विद्यार्थीकाे मृत्युपछि सडक अवरोध

  • 310
    SHARES
  • विद्यार्थीकाे मृत्युपछि सडक अवरोध

    काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका–९ स्थित फ्युचर स्टार आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १८ वर्षका सनिज श्रेष्ठको मंगलबार पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको छ ।

    images

    विद्यार्थीको मृत्यु प्रकरणलाई लिएर तनहुँको भानु नगरपालिका–९, बाइसजाँगरका स्थानीयले सडकमा टायर बालेर डुम्रे–बेसीसहर सडक अवरुद्ध गरेका छन् । स्थानीयको प्रदर्शनले डुम्रे–बेसीसहरको तनहुँ खण्ड र प्रशासनको निषेधाज्ञाले लमजुङ खण्डमा यातायात ठप्प छ ।

    भानु नगरपालिका–९, बाइसजाँगरमा पीडितका आफन्त र स्थानीयले बाइसजाागर चोकमा टायर बालेर सडक अवरोध गरेको स्थानीय गोपाल अधिकारीले बताए । सडक अवरोधले बुधबार बिहानैदेखि यातायात ठप्प छ । डुम्रेबाट आएका सवारीसाधन बाइसजाँगरमा रोकिएका छन् ।

    होस्टेलका विद्यार्थीलाई पौडी खेल्न लगेको, आफन्तलाई थाहै नदिई शव लगेको भन्दै स्थानीयले विरोध गरेका छन् । उनीहरूले विद्यालयका संस्थापक बाबुराम पौडेलसहित पौडी खेल्न सँगै गएका शिक्षक र विद्यार्थीमाथि सत्यतथ्य छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

    लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले होस्टेल वार्डेन सरोज ओलिया र एकजना विद्यार्थीलाई नियन्त्रणमा लिएको बताए ।

    घटनाको विषयलाई लिएर स्थानीयले संघर्ष समिति बनाएका छन् । घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका पीडित पक्षले विद्यालयको दुईवटा बस, एउटा भ्यान र स्कुलको गेटसमेत तोडफोड भएको प्रहरीले जनाएको छ ।

    प्रदर्शनले उग्र रूप लिँदै गएपछि प्रहरीले मंगलबार साँझ अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर र लाठीचार्ज गरेको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology