Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

विपद् व्यवस्थापन आधारभूत तालिम सम्पन्न

विपद् व्यवस्थापन आधारभूत तालिम सम्पन्न

  • 373
    SHARES
  • विपद् व्यवस्थापन आधारभूत तालिम सम्पन्न

    काठमाडौं । प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित २४ औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम सम्पन्न भएको छ । तालिम समापनका अवसरमा बुधबार आयोजित कार्यक्रमबीच सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम लाल ज्ञवालीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

    उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीले तालिममा सिकेका ज्ञान, सीप र दक्षतालाई चनाखो भई विपद् उद्दारमा प्रयोग गर्नुपर्ने बताए थिए । प्रहरी कर्मचारीहरूलाई विपद्, खोज तथा उद्दार कार्य सम्बन्धी ज्ञान सिप प्रदान गरी दक्ष उद्दारकर्मी तयार गर्न तालिम प्रदान गरिएको उनले जनाए ।

    तालिम संयोजक प्रहरी नायव उपरीक्षक भरत बहादुर बिकले ४५ दिने तालिममा प्रहरी निरीक्षक २ जना, प्रहरी नायव निरीक्षक ३ जना, प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी हवल्दार ३ जना र प्रहरी जवान १९ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरु सहभागी भएको बताए । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij