Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

दुई प्रहरी निरीक्षकसँग गृहले सोध्यो स्पष्टीकरण, सेवाबाट हटाउने चेतावनी

दुई प्रहरी निरीक्षकसँग गृहले सोध्यो स्पष्टीकरण, सेवाबाट हटाउने चेतावनी

  • 394
    SHARES
  • दुई प्रहरी निरीक्षकसँग गृहले सोध्यो स्पष्टीकरण, सेवाबाट हटाउने चेतावनी

    काठमाडौं । गृह मन्त्रालयले दुई जना प्रहरी निरीक्षकसँग स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालय, प्रहरी कर्मचारी महाशाखाले प्राविधिक प्रहरी निरीक्षकद्वय डा। विशालजंग ठकुरी र कार्तिकेश झासँग स्पष्टीकरण सोधेको हो ।

    नेपाल प्रहरी अस्पताल  महाराजगन्जमा कार्यरत नुवाकोटका ठकुरी ८ कात्तिकदेखि अस्पतालमा हाजिर नभएको गृहले जनाएको छ । उनलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।  

    त्यस्तै, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा दरबन्दी रहेका झा २२ कात्तिकबाट कार्यालयमा हाजिर छैनन् । उनलाई पनि सात दिनभित्र स्पष्टीकरण दिन भनिएको छ । अन्यथा दुबैलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट हटाउने’ गृहसचिवस्तरीय निर्णय भएको छ । 
     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij