Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

अश्वेत युवामाथि गोली प्रहार गर्ने महिला प्रहरी अधिकारी पक्राउ

अश्वेत युवामाथि गोली प्रहार गर्ने महिला प्रहरी अधिकारी पक्राउ

  • 965
    SHARES
  • अश्वेत युवामाथि गोली प्रहार गर्ने महिला प्रहरी अधिकारी पक्राउ

    अमेरिका ।  अमेरिकाको मिनेसोटामा एक अश्वेत युवामाथि पक्राउको क्रममा गोली प्रहार गर्ने श्वेत प्रहरीमाथि हत्या अभियोगमा मुद्दा दर्ता भएको छ ।

    मिनेसोटाको ब्रूक्लीन सेन्टरमा आइतबार प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २० वर्षे युवा डन्टे राइटको उपचारको क्रममा ज्यान गएको थियो ।

    राइटलाई गोली प्रहार गर्ने महिला प्रहरी अधिकारी किम पोटरमाथि हत्या अभियोगमा मुद्दा दर्ता भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । पक्राउ परेकी पोटरलाई हेनेपिन काउन्टी जेलमा राखिएको छ ।

    प्रहरी अधिकारी पोटरले दुर्घटनाबस राइटमाथि गोली प्रहार गरेको बताएकी छन् । टेजरको साटो बन्दुक उठाएकाले राइटको ज्यान जाने दुर्घटना भएको उनले बताएकी छन् ।

    हत्या हुनका लागि नियत, योजना वा शक्तिको गैरकानूनी प्रयोग हुनु पर्ने तर पोटरले आफ्नो ड्यूटी निर्वाह गर्ने क्रममा दुर्घटनावस बिना कुनै नियत गोली प्रहार गरेकाले अभियोग सत्य नरहेको उनका वकिलले बताएका छन् ।

    घटनापति ब्रूक्लीन सेन्टरका प्रहरी प्रमुख टिम ग्यानन र पोटरले राजीनामा दिएका थिए ।

    प्रहरीले दुर्घटनावश राइटमाथि गोली प्रहार भएको बताउँदै आएको छ । प्रहरी अधिकारीले ट्राफिक नियम उल्लंघन गरेका राइटलाई पक्राउ गर्न खोजेको थियो । प्रहरीले हतकडी लगाउन खोजे पनि उनी आफ्नो कारमा चढेर जान प्रयास गरेका थिए ।

    त्यसपछि पक्राउका लागि प्रहरीले उनलाई टेजर प्रहार गर्न भनेको थियो । भाग्न खोजेका व्यक्तिलाई इलेक्ट्रिक सक दिनका लागि प्रहार गरिने बुलेट जस्तो तर घातक नहुने प्रहार टेजर हो । तर महिला प्रहरी अधिकारी पोटरले भुलबस गोली प्रहार गरेकी हुन् । पोटरले आफूले टेजरको साटो गोली प्रहार गरेको साथीहरुलाई बताएकी थिइन् ।

    राइटको मृत्युपछि विरोध प्रदर्शन भएका छन् । स्थानीय प्रशासनले कर्फ्यू पनि लागु गरेको थियो । मिनेसोटाको मिनियापोलसमा जर्ज फ्लोइडको हत्या अभियोगमा पूर्व प्रहरी अधिकारीमाथिको सुनुवाई जारी रहँदा तनाव उच्च रहेका बेला ब्रूक्लीन सेन्टरमा नयाँ घटना भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij