Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

यस्तो छ भारतीय फिल्महरूको ‘लाइनअप’

यस्तो छ भारतीय फिल्महरूको ‘लाइनअप’

  • 427
    SHARES
  • यस्तो छ भारतीय फिल्महरूको ‘लाइनअप’

    काठमाडौं । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर कम हुन थालेपछि फिल्म रिलिज हुने चर्चा पनि बढ्दो छ । कोरोनाभाइरसकै कारण रिलिज रोकिएका फिल्महरू छिटोभन्दा छिटो दर्शकसमक्ष पुग्न चाहन्छन् । 

    images

    फिल्मको विषयवस्तुमा ओटीटीमा आइरहेका कन्टेनले असर गर्ने डरसँगै कथा बाहिरिने डरले गर्दा पनि रिलिज रोकिएका फिल्महरू सक्दो छिटो दर्शकसमक्ष पुग्न आतुर छन् । बधाई दो, गंगुवाई कठियावाडी, झुण्ड लगायतका फिल्म हलमा पुगिसकेका छन् भने केही प्रतिक्षित फिल्महरू रिलिजको तयारीमा छन् । हामी यसैमध्येका केही प्रतिक्षित फिल्महरूको बारेमा चर्चा गर्दै छौँ । 

    राधेश्याम
    फिल्म ‘राधेश्याम’ ११ मार्चमा रिलिज हुने भएको छ । भारतमा कोरोनाभाइरसको तेस्रो लहर सुरु हुनु अगाडी राम्रो प्रचारप्रसार गरिसकेको हुँदा पनि निर्माण टिम फिल्मलाई सक्दो चाँडो दर्शकसमक्ष पुर्‍याउन चाहन्छन् । बाहुबलीमार्फत भारतीय स्टार बनेका प्रभास अभिनित फिल्म ‘राधेश्याम’मा उनको को-स्टार छिन् पूजा हेगडे । लभ स्टोरी देखाइने फिल्ममा भाग्य र मायाको लडाइँलाई प्रस्तुत गरिनेछ । फिल्मलाई ४०० करोडको हाराहारीमा निर्माण गरिएको छ । राधाकृष्ण कुमारको निर्देशनमा तयार फिल्मको ट्रेलरलाई दर्शकले रुचाइसकेका छन् ।

    बच्चन पाण्डे
    बलिउड अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘बच्चन पाण्डे’ १८ मार्च १८ मा रिलिज हुँदै छ । साजिद नाडियाडवाला निर्माणमा बनेको फिल्ममा अक्षय शिर्ष भूमिकामा छन् । उनले एक ग्यांगस्टारको भूमिका निर्वाह गरेका छन् । फिल्मको फस्ट लुक सार्वजनिक भएदेखि नै अक्षयको लुक्सलाई फिल्मप्रेमीले तारिफ गरेका छन् । 

    फिल्ममा अक्षयसँगै अरशद वारसी, कृति सेनन, ज्याक्लिन फर्नान्डिज, पंकज त्रिपाठीलगायतको मुख्य अभिनय छ । फरहाद साम्जीको निर्देशनमा बनेको यस फिल्मलाई नाडियाडवाला ग्रान्डसन इन्टरटेन्मेन्ट प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।

    आरआरआर
    निर्देशक एसएस राजमौलीले ‘बाहुबली’ सिरिजपश्चात निर्देशन गरेको मात्र नभई साउथका दुइ स्टार जुनिएर एन्टीआर र राम चरणको अभिनय रहेकाले पनि यो फिल्म ‘आरआरआर’ प्रतिक्षित छ । यसमा बलिउडका कलाकारहरू अजय देवगन र आलिया भट्ट पनि छिन् । यसैले गर्दा यो प्रतिक्षित फिल्म बिग बजेटको फिल्म बनेको छ । 

    यसको रिलिज ७ जनवरीमा गर्ने भनि पनि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो त्रासका कारण रोकियो । यद्यपि कोरोनाभाइरस विस्तारै नियन्त्रणमा आउने भएपछि फिल्म युनिटले २५ मार्चमा दर्शकसमक्ष पुग्ने निश्चित गरेको हो । बहुबालीपछि दर्शकमाझ आउन लागेका निर्देशक राजमौलीबाट धेरै अपेक्षा गरिएको छ ।

    अनेक
    आयुष्मान खुराना अभिनित फिल्म ‘अनेक’ आश गरिएको एक फिल्म हो । बलिउड शैलीभन्दा केही भिन्न रहेर फिल्म निर्माण गर्दै आइरहेको अनुभव सिन्हासँग आयुष्मानले आर्टिकल १५ पश्चात यसमा टीमअप गरेका छन् । भूषण कुमार र अनुभवले मिलेर निर्माण गरेको फिल्म १३ मेमा रिलिज हुने भएको छ ।

    भुलभुलैया २
    सन् २००७ को चर्चित हरर कमेडी फिल्म ‘भुलभुलैया २’ यो वर्षको प्रतिक्षित फिल्ममध्ये पर्छ । अक्षय कुमार र विद्या वालन अभिनित फिल्मको सिक्वेलमा भने कार्तिक आर्यनको प्रमुख अभिनय छ ।  २० मेमा प्रदर्शनमा आउने यस फिल्ममा आर्यनसँगै तब्बु र कियारा एड्वानीको अभिनय रहेको फिल्मलाई अनिस बाज्मीले निर्देशन गरेका हुन् ।

    लाल सिंह चड्डा
    कोरोनाभाइरसले उत्पन्न गरेको अवस्थाले गर्दा आमीर खानको फिल्म ‘लाल सिंह चड्डा’ एक वर्षपछि धकेलिएको थियो । गत वर्षकै क्रिसमसमा रिलिज गरिने भनिएको फिल्म आउँदो अप्रिलमा रिलिज गर्ने निर्माण टीमले जनाएको छ । 

    फिल्म १४ अप्रिलमै हलमा आउने आमीरले विज्ञप्तिमार्फत जनाएका छन् । ओस्कार विजेता टम ह्याक्सको ‘फरेस्ट गम्प’ मा आधारित फिल्म ‘लाल सिंह चड्डा’मा आमीर शिर्ष भूमिकामा छन् । फिल्ममा उनको बाल्य अवस्थादेखि वृद्ध अवस्थासम्मको यात्रा र बदलिँदो संसारलाई देखाइनेछ ।

    यसमा आमीरको अपोजिट कास्टमा करीना कपूर खान छिन् । फिल्मका निर्देशन अद्वैत चन्दन र स्क्रिनप्ले अतुल कुलकर्णीले गरेका छन् । कोरोना भाइरसको असर कम हुँदै गएपछि भारतीय फिल्महरू रिलिजको लागि डेट छलफलमा छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology