Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

पत्रकार पाल्पालीको परिवारलाई नगद सहयोग

पत्रकार पाल्पालीको परिवारलाई नगद सहयोग

  • 359
    SHARES
  • पत्रकार पाल्पालीको परिवारलाई नगद सहयोग

    काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले निधन भएका पत्रकार बिके पाल्पालीको परिवारलाई शुक्रबार १० हजार आर्थिक सहयोग गरेको छ । संगठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा पाल्पालीको निवासमा गएको प्रतिनिधिमण्डलले उनको परिवारलाई सो सहयोग उपलब्ध गराएको हो ।

    सो अवसरमा अध्यक्ष श्रेष्ठले पाल्पाली जुझारु पत्रकार भएको बताउँदै उनको निधनबाट सञ्चार क्षेत्रमा अपूरणीय क्षति भएको बताए । संगठनका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारीले निष्ठावान पत्रकारका रूपमा परिचित पाल्पालीको आदर्श अनुकरणीय रहेको बताए ।

    संगठनका कोषाध्यक्ष कृष्णराज गौतमले पाल्पाली पारिवारलाई यसअघि  ३० हजार सहयोग गरेको बताए । पाल्पालीका श्रीमती रेणुका भट्टराइले संगठनले पटक–पटक उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरेकी छिन् । गत शिवरात्रिका दिन ४५ वर्षको उमेरमा पत्रकार पाल्पालीको निधन भएको थियो । उनी समाजवादी प्रेस संगठनको साधारण सदस्यसमेत थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij