Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

नर्विचमाथि चेल्सीको सहज जित

नर्विचमाथि चेल्सीको सहज जित

  • 594
    SHARES
  • नर्विचमाथि चेल्सीको सहज जित

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सिटीविरुद्ध ३-१ अन्तरको जित निकालेको हो ।

    तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १-१ गोल गरे । नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे ।

    जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । नर्विच १७ अंक जोडेर पुछारमा छ ।

    अन्य खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई ३-० अन्तर, उल्भ्सले वाट्फोर्डलाई ४-० अन्तर र न्युक्यासल युनाइटेडले साउथह्याम्पटनलाई २-१ अन्तरले पराजित गरेको छ । 

  • सम्बन्धित विषय:

  • # चेल्सी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij