Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

९० लाख जनसंख्या भएका चिनियाँ सहरमा लकडाउन

९० लाख जनसंख्या भएका चिनियाँ सहरमा लकडाउन

  • 654
    SHARES
  • ९० लाख जनसंख्या भएका चिनियाँ सहरमा लकडाउन

    बेइजिइ । कोभिड संक्रमण निरन्तर बढेपछि चीनको उत्तरपूर्वी सहर चाङ्गचुनमा लकडाउन घोषणा गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दुई वर्षमा पहिलो पटक चीनको दैनिक कोभिड संक्रमण १० हजार नाघेको हो ।

    ९० लाख जनसंख्या भएको चाङ्गचुन जिलिन प्रान्तको राजधानी हो । चाङ्गचुन प्रान्तकै महत्वपूर्ण औधोगिक आधारसमेत हो । चाङ्गचुनका वासिन्दालाई घरबाटै काम गर्न आदेश दिइएको छ ।

    नयाँ नियमअनुसार ‘दैनिक अत्यावश्यक वस्तु’ किन्न प्रत्येक दुई दिनमा एक जनालाई मात्र बाहिर निस्कन अनुमति दिइनेछ । स्वास्थ्य आयोगका अनुसार कोभिड महामारी फैलिएसँगै चीनले पहिलो पटक र्यापिड एन्टिजेन परीक्षण सुरु गर्दैछ ।

    पछिल्ला दिनमा चीनका विभिन्न सहरमा कोभिड संक्रमणका घटनामा बृद्धि भएको छ । हालसालै सांघाइले विद्यालयलाई अनलाइन सञ्चालन गर्न निर्देशन दिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij