वेबटिभी खबर
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीका दुई बिरामीको उपचारका लागि ३० हजार आर्थिक सहयोग गरेका छन् ।
उनले डोटीको सायल गाउँपालिका-५ घोघातलकी ४८ वर्षीया कृष्णादेवी साउद तथा डोटीकै दिपायल सिलगढी नगरपालिका-९ कलेनाका ४८ वर्षीय इन्द्रबहादुर साउदको उपचारका लागि ३० हजार रकम सहयोग गरेका हुन् ।
यही फागुन ३ गते माटोको ढिस्कोले पुरिएर ३ ठाँउमा मेरुदण्ड भाचिएर राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार गराइ रहेकी कृष्णदेवीको अवस्था बुझ्न मन्त्री आले ट्रमा सेन्टरमा पुगेर उनको उपचारका लागि आफ्नो व्यक्तिगततर्फबाट १५ हजार रकम सहयोग गरेका हुन् ।
यसैगरी खुट्टामा एक्टिनो माइकोसिस (ढुसी) नामक संक्रमणको समस्या देखिएर राष्ट्रिय ट्रमा सेन्टरमै पुगेका ४८ वर्षीय इन्द्रबहादुरलाई पनि उपचारका लागि मन्त्री आलेले १५ हजार आर्थिक सहयोग गरेका छन् ।
साउदको करिब १२ वर्ष पहिले दायाँ खुट्टामा चोट लागेको र अहिले आएर उक्त चोटकै कारण दाहिने खुट्टामा एक्टिनो माइकोसिस (ढुसी) नामक संक्रमण देखिएको र खुट्टा नै काट्नुपर्ने अवस्था देखिएको राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले जानकारी दिएका छन् ।
मन्त्री आलेले हाललाई दुवै बिरामीको चेक जाँचका लागि भन्दै केही उपचार सहयोग दिएको र बिरामीको थप उपचारका लागि आफूले पहल गर्ने बचनबद्धता व्यक्त गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij