वेबटिभी खबर
सर्लाही । कर्मचारी मिलन केन्द्र सर्लाहीको साधारणसभाबाट रामदरेश रायको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको छ ।
समितिका विरिष्ट उपाध्यक्षमा जिल्ला समन्वय अधिकारी होमनाथ सुवेदी, उपाध्यक्षमा वन अनुसन्धान निर्देशक गोपाल प्रसाद गौतम, सचिवमा निमित्त इकाइ प्रमुख सुनिल कुमार कुशवाहा, सह(सचिव नापी अधिकृत ममता कुमारी यादव, कोषाध्यक्षमा कोष तथा लेखा नियन्त्रक रामस्वार्थ महतो चयन भएका छन् ।
त्यसै गरी सदस्यमा क्रमशस् बरहथवा नगरपालिकाका प्र.अ. संजय मैनाली, जिल्ला सरकारी वकिल कार्यालयका सहन्याधिवक्ता रमेश पोखरेल, डि.ई. विजय रेग्मी, नापी कार्यालय, हरिवनका छत्र बहादुर लुंगेली, घरेलु तथा साना उधोग कार्यालयका प्रमुख जितेन्द्र किशोर गुप्ता, जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा. नन्दकिशोर कुशवाहा, उष्ण प्रदेशीय बागवानी केन्द्रका प्रमुख पदम प्रसाद अधिकारी, नेपाल विद्युत् प्राधिकरण, मलंगवाका ई. रञ्जय कुमार महतो, जिल्ला प्रशासन कार्यालयका प्र.अ. राजकुमार थापा, नेपाल टेलिकमका वरिष्ट ई। शत्रुधन कुमार यादव, नेपाल बैंक लिमिटेडका प्रमुख कमलेश कुमार यादव, श्याम मैनाली र नेपाल प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरी चयन भएका हुन् ।
मिलन केन्द्रका संरक्षक समेत रहेका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सिर्जनशील र रचनात्मक कार्यमा केन्द्रले योगदान गर्नु पर्ने चर्चा गर्दै नयाँ समितिलाई शुभकामना व्यक्त गरे ।
कार्यक्रममा केन्द्रको तर्फबाट सेवा निवृत लेखा अधिकृत शिवशंकर प्रसाद कुशवाहालाई अविर, माला, कदर पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्लास्थित सरकारी तथा अर्ध सरकारी कार्यालयका प्रमुख एवं कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij