Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

तातोपानी गाउँपालिकाद्धारा एम्बुलेन्स सेवा सञ्चालन

तातोपानी गाउँपालिकाद्धारा एम्बुलेन्स सेवा सञ्चालन

  • 453
    SHARES
  • तातोपानी गाउँपालिकाद्धारा एम्बुलेन्स सेवा सञ्चालन

    जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । यसबाट दुर्गम गाउँका बिरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आवतजावत गर्न सहज भएको हो ।

    गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानले जनताले सहज स्वास्थ्य सेवा पाउन भन्ने उद्देश्यले एम्बुलेन्स सेवा सञ्चालन गरिएको जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले एम्बुलेन्सबाट वडा नं ७ र ८ का भेरीखेला क्षेत्रका नागरिकलाई बढी राहत पुगेको बताए ।

    विपन्न नागरिक, गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने पालिकाको लक्ष्य रहेको छ । सबै वडाका अधिकांश बस्तीमा सडक पुगिसकेको जनाइएको छ ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij