Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

इराकको कुर्दिश क्षेत्रमा १२ क्षेप्यास्त्र प्रहार

इराकको कुर्दिश क्षेत्रमा १२ क्षेप्यास्त्र प्रहार

  • 531
    SHARES
  • इराकको कुर्दिश क्षेत्रमा १२ क्षेप्यास्त्र प्रहार

    बग्दाद । इराकको कुर्दिश क्षेत्रमा १२ ओटा क्षेप्यास्त्र प्रहार गरिएको छ ।

    क्षेत्रीय राजधानी इब्रीलमा स्थानीय समयानुसार आइतबार विहान ११ बजे घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । इराकको सिमा क्षेत्रबाट क्षेप्यास्त्र प्रहार गरिएको क्षेत्रीय गृह मन्त्रालयले जनाएको छ ।

    क्षेप्यास्त्रका कारण एक जना घाइते पनि भएका छन् भने कतिपय भवनहरुमा समेत क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार कुर्दिश सुरक्षा फौजले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको छ ।

    घटनाका बारेमा थप जानकारी अनुसन्धान पछि मात्रै दिने पनि मन्त्रालयका अधिकारीहरुको भनाइ छ । 

    घटनाका सम्वन्धमा अहिलेसम्म कसैले पनि जिम्मेवारी दिएको छैन । तुलनात्मक रुपमा अन्य क्षेत्रभन्दा शान्त मानिएको कुर्दिशमा भएको घटनाले थप चिन्ता थपेको अधिकारीहरुले बताएका छन् ।  

  • सम्बन्धित विषय:

  • # इराक

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij