Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

रूसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ : नेटो

रूसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ : नेटो

  • 401
    SHARES
  • रूसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ : नेटो

    न्युयोर्क । उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले जैविक हतियार प्रयोगशालाको झुट बहानामा रूसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्ने बताएका छन् ।

    ‘पछिल्ला दिनमा हामीले रसायनिक र जैविक हतियार प्रयोगशालाबारे बेतुकका दाबी सुनेका छौं’, जर्मनीको एउटा पत्रिकालाई अन्तवार्तामा उनले भने ।

    ‘अहिले यी झुटा दाबी गरिएका छन् । हामी सतर्क हुनुपर्छ, किनकी रूस आफैंले यो बनाबटी झूटअन्तर्गत रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ ।’ उनले भने ।

    युक्रेनी जनताले साहसका साथ रूसी हमलाको प्रतिरोध गरे पनि  आगामी दिनले अझ ठूलो कठिनाइ ल्याउन सक्ने उनले बताए । ‘यस द्वन्द्वलाई युक्रेनको सिमानाबाहिर रूस र नेटोबीच पूर्णयुद्धमा परिणत हुनबाट रोक्न हाम्रो दायित्व छ,’ नेटो प्रमुखले भने ।
     

  • सम्बन्धित विषय:

  • # नेटो

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij