वेबटिभी खबर
काठमाडौं । मुलुकमा ८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति निजी क्षेत्रबाट हुने गरेकाे छ । नेपाल बीउ व्यवसायी संघद्वारा सोमबार आयोजित अन्तरक्रियामा खाद्यान्न बाली बीउमा ८० प्रतिशत र तरकारी बीउमा करिब ९० प्रतिशत आपूर्ति निजी क्षेत्रका विभिन्न कम्पनीले आयात गरेको जानकारी दिइएको छ ।
स्थानीय जातका बीउबिजन स्वदेशमै उत्पादन हुने र केही वर्णशंकर जातका बीउ विदेशबाट आयात गरिने गरेको छ । कृषि उत्पादनमा आवश्यक पर्ने कृषि सामग्री, औजार, उपकरणको आपूर्तिमा शतप्रतिशत निजी क्षेत्रको योगदान रहेको जनाइएको हो ।
कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले गुणस्तरीय बीउबिजन उत्पादन गरी कृषकलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै बीउबिजन बजारीकरणमा रहेका केही नीतिगत समस्या व्यवसायीसँग समन्वय गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बीउबिजनका क्षेत्रमा क्रियाशील व्यवसायी, विज्ञलगायतले गुणस्तरीय बीउ उत्पादन गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा संघका अध्यक्ष बसन्तचन्द्र मरहठ्ठाले कृषकका साथै व्यवसायीको हितमा काम गर्दै आएको संस्थाले ४६ जिल्लमा कार्यसमिति निर्माण गरेको जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij