वेबटिभी खबर
काठमाडौं । हुम्ला सदरमुकाम रहेको सिमकोट गाउँपालिकाले हिउँदे गाउँसभाबाट नगरपालिका बनाउन माग गरेको छ । सिमकोट गाउँपालिकाको आवश्यक सबै मापदण्ड पूरा भएको भन्दै सिमकोट गाउँपालिकाको सभामार्फत नगरपालिका बनाउने सिफारिस भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए ।
हुम्लामा अहिलेसम्म एउटा पनि नगरपालिका नभएको र नगरपालिकाको लागिका आवश्यक प्रक्रिया सुरु गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रोकायाले बताए ।
पाँच वर्षको कार्यकाल सकिन लाग्दा आफ्नो कार्यकालमा नगरपालिकाका लागि आवश्यक पूर्वाधार तयार गरिएको भएकाले नगरपालिकाको माग गरेको सिमकोट गाउपालिका अध्यक्ष पदमबहादुर लामाले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij