Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

अधिवेशन सकिएको चार महिनापछि माओवादी केन्द्रले छान्यो पदाधिकारी

अधिवेशन सकिएको चार महिनापछि माओवादी केन्द्रले छान्यो पदाधिकारी

  • 499
    SHARES
  • अधिवेशन सकिएको चार महिनापछि माओवादी केन्द्रले छान्यो पदाधिकारी

    काठमाडौं । माओवादी केन्द्रले चार महिना लगाएर लुम्बिनी प्रदेशमा पदाधिकारी टुंगो लगाएको छ । पार्टीभित्रको आन्तरिक किचलोका कारण अधिवेशन सकिएको चार महिनासम्म पदाधिकारी टुंगो लगाउन नसकेको माओवादी केन्द्रले अन्ततः सर्वसम्मत रुपमा पदाधिकारी टुंगो लगाएको हो ।

    माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीको अधिवेशन गत २६ मंसिरमा सम्पन्न भएको थियो । दाङको भालुवाङमा भएको अधिवेशनले २१७ सदस्यीय प्रदेश कमिटी चयन गरेको थियो ।

    माओवादी केन्द्रको प्रदेश समितिको कपिलवस्तुमा बसेको पहिलो बैठकले सुदर्शन बराललाई अध्यक्ष बनाउँदै पदाधिकारी चयन गरेको हो । अधिवेशनकै बेला बराललाई अध्यक्ष बनाउने सहमति भएको थियो । प्रदेश समितिको बैठकले उपाध्यक्षमा दुर्गा थारु, नुमाकान्त न्यौपाने र बहादुर खत्रीलाई चयन गरेको छ ।

    त्यस्तै सचिवमा कृष्ण अधिकारी, सहसचिवमा अकलबहादुर बम, पार्वती बिक, काशीराम यादव र कोषाध्यक्षमा निर्दोष अली चयन भएका छन् । बैठकले प्रदेश कार्यालय सचिवको जिम्मेवारी दिएको छ ।

    नवनिर्वाचित पदाधिकारीहरुलाई माओवादी केन्द्रका नेता वर्षमान पुन, लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाललगायतले शपथग्रहण गराएका छन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij