Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

निर्वाचनमा प्रतिगामी शक्ति पराजय हुन्छ : अध्यक्ष नेपाल

निर्वाचनमा प्रतिगामी शक्ति पराजय हुन्छ : अध्यक्ष नेपाल

  • 367
    SHARES
  • निर्वाचनमा प्रतिगामी शक्ति पराजय हुन्छ : अध्यक्ष नेपाल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले प्रतिगामी प्रवृत्तिलाई निर्वाचनमा जनताले दण्डित गर्ने बताए ।

    फागुपर्वका अवसरमा पार्टीले आज आयोजना गरेको होली मिलन तथा शुभकामना समारोहमा उनले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा लोकतन्त्र र संविधानको पक्षमा क्रियाशील राम्रा विचार बोकेका दलले विजय हासिल गर्ने बताए ।

    उनले भने,‘प्रतिगामी तथा अहंकारी व्यक्ति होलिका दहन भएजस्तै पराजय हुने छन् ।’ पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले बहुभाषिक बहुसांस्कृतिक मुलुकमा सबै जाति समुदायको संस्कृतिले प्रेम सद्भाव अभिवृद्धि गरी नेपाली समाजलाई एकतावद्ध बनाउन सहयोग पुर्याउने विचार व्यक्त गरे ।

    विविधताले सजिएको हाम्रो समाजमा एक अर्काका पर्व संस्कृतिलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले  नेपाली भएकामा हामी सबैले गौरब गर्नुपर्ने बताए ।

    पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले फागुपर्वका अवसरमा समपूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै पार्टीले चुनाव केन्द्रीत भएर देशभर सांठनिक गतिविधिलाई बलियो बनाउने बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij