वेबटिभी खबर
रसुवा । रसुवा जिल्लाको सदरमुकाममा धुञ्चेमा गुरु पद्म शंभव रिम्वोर्कषेको मूर्ति निर्माण गरिएको छ । धर्म, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले गोसाइँकुण्ड गाउँपालिकास्थित पुनामा उक्त मूर्ति राखिएको निमार्ण गरिएको हो ।
८३ लाखका लागतमा उपभोक्ता समितिमार्फत निर्माण भएको पद्म सम्भव रिम्वोर्क्षेको मूर्तिलाई बौद्ध धर्म अनुसार बिहीबार पूजाआजा गरिएको छ ।
उक्त मूर्तिको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ र रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङद्वारा संयुक्तरूपमा लामा विधिपूर्वक स्थापना गरेको छ ।
स्थानीय बासिन्दाको चाहना अनुसार सो मूर्ति निर्माण भएको हो । सामान्य खालको संरचनबाट बनाइएका परम्पराको माने २०७२ को भूकम्पले भत्काएपछि उक्त स्थानमा गाउँपालिकाले गुरु रिम्वोर्क्षेको मूर्ति स्थापना गरेको हो ।
गाउँपालिकाले रिर्वोक्षेको मूर्ति, शङ्खउद्यान, फुटबल मैदान, गाउँ प्रवेशद्वार, धुञ्चे-खोदल तथा, धुञ्चे-सुर्काङ नागुङ सडक, गाउँमा नाली तथा पैदलमार्ग, रेडपाण्डा पार्क निर्माण ऐतिहासिक घले राजाको दरबार संरक्षणका कारण धुञ्चे क्षेत्रको सुन्दरता बढेको छ ।
धुञ्चेको इमरूङ क्षेत्रमा भने स्थानीय बासिन्दाको सहयोगमा बौद्ध स्तूप विगत पाँच वर्ष अगाडि निर्माण भइसकेको छ । नयाँ संरचना निर्माणबाट सुनसान बन्दै गएको धुञ्चे क्षेत्रलाई आन्तरिक एवं बाह्य पर्यटकको आगमन गराउन यहाँका युवा क्रियाशील रहेको स्थानीय निमावाङ्चु तामाङले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij