Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बैतडीमा कोरोना संक्रमण शून्य

बैतडीमा कोरोना संक्रमण शून्य

  • 471
    SHARES
  • बैतडीमा कोरोना संक्रमण शून्य

    बैतडी । बैतडी जिल्लामा कोरोना संक्रमितको संख्या शून्य भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोना संक्रमितको संख्या शून्य भएको हो ।

    जिल्लामा कोरोना सक्रिय संक्रमित शून्य भएसँगै जनजीवन सहज बनेको उनले बताए । उनले भने, ‘सक्रिय संक्रमित शून्य भएपछि जनजीवन सहज भएको छ, संक्रमणको जोखिम अझै हुनसक्ने भएकाले स्वास्थ्यका मापदण्ड भने पालना गर्नुपर्छ ।’

    जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १८ को मृत्यु भइसकेको छ । जिल्लाका हरेक स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान जारी रहेकाले खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ । सीमाना झुलाघाटमा स्वदेश भित्रिनेहरूको नियमित कोरोना परीक्षण भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij