Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

माधव नेपाललाई ओलीको कटाक्ष : हामीले दिएको ‘झुम्के बुलाकी’ फुकाल्नु पर्दैन ?

माधव नेपाललाई ओलीको कटाक्ष : हामीले दिएको ‘झुम्के बुलाकी’ फुकाल्नु पर्दैन ?

  • 512
    SHARES
  • माधव नेपाललाई ओलीको कटाक्ष : हामीले दिएको ‘झुम्के बुलाकी’ फुकाल्नु पर्दैन ?

    काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाएदिएको ‘झुम्के बुलाकी’ लाएरै माधव नेपालसहितले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै कटाक्ष गरेका छन् ।

    राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएकोतर्फ लक्षित गर्दै ओलील भने,‘उहिले–उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्कोसँग विहे गर्ने मन भए गहना फुकालेर दिन्थे, अनि, हामीले दिएको झुम्के बुलाकी लगाएर जाने, फुकाल्नुपर्दैन ?’

    उनले देउवा नेतृत्वको सरकारलाई दक्षिणपन्थीको संज्ञा दिएका छन् । यस्तो सरकार बनाउन माधव नेपालले संसद्को पछाडि बसेर सुटुक्त मत दिएको आरोप लगाए । अध्यक्ष अ‍ोलीले एमालेको सरकारले गरेको राम्रा काम मात्रै जनतालाई सुनाएर मत माग्न आग्रह गरे । सरकारलाई  खान मात्रै चिन्ता रहेको उनको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij