Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कांग्रेसलाई १३ सिटमा झार्दिन्छौं : अध्यक्ष ओली

कांग्रेसलाई १३ सिटमा झार्दिन्छौं : अध्यक्ष ओली

  • 439
    SHARES
  • कांग्रेसलाई १३ सिटमा झार्दिन्छौं : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा १३ सिटमा झार्दिने बताएका छन् । अनेरास्ववियूलेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शनिबार केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सिमित भएको कांग्रेसलाई अब १३ सिटमा झार्नु पर्ने बताए ।

    यसका लागि तयारीमा लाग्न उनले कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । कार्यक्रममा ओलीले जुन व्यक्तिले भत्ता खाइरहेको छ उसले कांग्रेसलाई भोट नदिने र जो व्यक्ति भत्ता खाने बेला हुन लागेका छन् उनीहरुले पनि कांग्रेसलाई भोट नदिने दावी गरे ।

    यस्तै कर्मचारीहरूको तलबभत्ता पनि आफ्नै पार्टी नेतृत्व सरकारले २५ प्रतिशत तलब बढाएको उनको भनाइ छ । उनले अब एमाले बाहेक अरु पार्टी सरकारमा गएर तलबभत्ता नबढ्ने आश्वासन पनि कर्मचारीलाई दिए ।

    उनले युवाहरू पनि कांग्रेस र गठबन्धन सरकारबाट वाक्क भइसकेको र एमालेलाई भोट दिने आशा गरे । संसदमा अझै पनि एमालेको ९८ सिट रहेको र देशभरको महोल पनि एमालेकै पक्षमा रहेको अध्यक्ष ओलीको भनाइ छ ।

    उनले देशभरका मेयर, उपमेर, केन्द्रीय तहको नेता एमालेमा आइसकेकाले अब माओवादी केन्द्रसहितका अन्य पार्टीको भाँडो रित्तिसकेको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij