Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

महाभारतको दुर्योधन र केपी ओलीको अहंकारमा कुनै फरक छैन : मन्त्री आले 

महाभारतको दुर्योधन र केपी ओलीको अहंकारमा कुनै फरक छैन : मन्त्री आले 

  • 502
    SHARES
  • महाभारतको दुर्योधन र केपी ओलीको अहंकारमा कुनै फरक छैन : मन्त्री आले 

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाभारतको दुर्याेधन र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घमण्डमा कुनै फरक नभएको बताएका छन् ।

    गौरीशंकर मिडिया प्रालिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आलेले केपी ओलीको घमण्डको जवाफ आगामी वैशाख ३० गतेको चुनावमा जनताले दिने बताए ।

    ओलीकै अहंकारका कारण एमालेले संघीय सरकार र प्रदेश सरकार गुमाउनु परेको मन्त्री आलेले भनाइ छ । आगामी स्थानीय चुनावमा ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमण्ड र दुर्याेधनको घमण्डमा कुनै फरक नभएको र यसको जवाफ जनताले वैशाख ३० गते दिने मन्त्री आलेले बताए ।

    उनले ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्रहालय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा बिचौलियालाई बुझाएको दाबीसमेत गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij