वेबटिभी खबर
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् । अल्पमतमा हुँदा पनि उनको पक्षमा २२ मत परेको थियो । विपक्षमा जम्मा १५ मत मात्र परेपछि उनको सरकार जोगिएको छ ।
कांग्रेसले भने शाहीको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । कांग्रेस र माओवादी केन्द्रको मत जोड्दा १८ मात्र मत हुन जान्थ्यो । तर, २२ मत सरकारको पक्षमा आउनुले एमालेका केही सांसदले फ्लोर क्रस गरेको अनुमान गरिएको छ ।
प्रदेशसभामा ३९ सांसद कायम छन् । एमालेले सरकारको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।
कांग्रेस र माओवादीसँग बहुमत नभएकाले शाही नेतृत्वको सरकार ढल्ने लगभग पक्का थियो । तर एमालेका माधव नेपाल पक्षीय सांसदले ह्वीप उल्लंघन गरेकाले सरकार जोगिएको बताइएकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij