Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

चीनमा १३३ यात्रु सवार विमान दुर्घटना 

चीनमा १३३ यात्रु सवार विमान दुर्घटना 

  • 561
    SHARES
  • चीनमा १३३ यात्रु सवार विमान दुर्घटना 

    एजेन्सी । चीनको एउटा जेट विमान दुर्घटनामा परेको छ । १३३ यात्रु सवार चाइना इस्टर्नको बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङसी क्षेत्रमा दुर्घटनग्रस्त भएको हो ।

    चाइना सेन्ट्रेल टेलिभिजनका अनुसार १३३ यात्रु सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान ग्वाङसीको टेङ काउन्टीमा दुर्घटनाग्रस्त भएको छ । सो विमान स्थानीय समयअनुसार १ बजेर १५ मिनेटमा चीनको कुन्मिङबाट ग्वाङझोउका लागि उडेको थियो ।

    सो विमान एउटा पहाडी क्षेत्रमा ठोक्किएपछि आगो लागेको प्राप्त प्रारम्भिक  विवरणहरुमा जनाइएको छ । घटनास्थलमा उद्दार समूह पठाइएको बताइएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij