Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

एमालेले ९ वैशाखमा चुनावी घोषणपत्र सार्वजनिक गर्ने 

एमालेले ९ वैशाखमा चुनावी घोषणपत्र सार्वजनिक गर्ने 

  • 484
    SHARES
  • एमालेले ९ वैशाखमा चुनावी घोषणपत्र सार्वजनिक गर्ने 

    काठमाडौं । एमालेले आगामी ९ वैशाखमा आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले चुनावी घोषणपत्र सार्वजनिक गर्न लागेको हो ।

    अहिले चुनावी घोषणापत्रको मस्यौदा बनाउने काम भइरहेको छ । सोमबार बसेको एमाले पोलिटब्यूरो बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीशुब्बा गुरूङले जानकारी दिए ।

    सोमबारको बैठकमा उम्मेद्वारहरूको मापदण्ड के हुन्छ भन्ने विषयमा थप छलफल भएको उपमहासचिव गुरूङले बताए । मापदण्डको विषयमा छलफल भएको र केही आधार तय गरेको उनको भनाइ छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij