Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

सार्वजनिक स्थानमा कुकुरले दिसा गरेपछि...

सार्वजनिक स्थानमा कुकुरले दिसा गरेपछि...

  • 374
    SHARES
  • सार्वजनिक स्थानमा कुकुरले दिसा गरेपछि...

    एजेन्सी, म्याड्रिड । ६ महिनाअघि आफ्नो पाल्तु जनावरले कुनै सार्वजनिक स्थलमा दिसा गर्दा उसको मालिकले ठूलो क्षतिपूर्ति तिर्दा जोकोहीलाई पनि पीडा हुनसक्छ । यस्तै पीडा स्पेनकी एक महिलाले अनुभूति गरेकी छिन् । ६ महिनाअघि एउटा शहरमा घुम्न जाने क्रममा उनको कुकुरले गरेको मलमुत्र नउठाएको भन्दै उनलाई ५७० डलर जरिमाना तोकिएको छ ।

    images

    स्पेनको भालिन्सिया क्षेत्रकी ती अज्ञात महिलाअगस्टमा बेनलमाडेनामा बिदा मनाउन जाने क्रममा उनको बुल टेरर (कुकुर) ले गरेको दिसाका कारण उनलाई जरिमाना तोकिएको हो ।

    माल्गा प्रान्तको सुमद्री क्षेत्रमा पर्ने शहरमा कुकुरले गरेको फोहर अधिकारीहरुले कसरी थाहा पाए त ? समुद्री किनारमा रहेको मलमुत्र उनकै कुकुरको हो भन्ने अधिकारीले पुष्टि गरेका थिए । कुकुरले गरेको दिसाको डीएनए परीक्षणमार्फत अधिकारीहरुले महिलाको ‘अपराध’ पत्ता लगाएका थिए ।

    स्पेनमा नगरपालिकाका कुकुरहरुको डीएनको डाटाबेस राख्ने र संकलन गर्ने विषयमा विज्ञ कम्पनी एडीएन क्यानियोले सन् २०१४ देखि स्थानीय अधिकारीहरुसँग मिलेर काम गर्दै आएको छ ।

    कुकुरहरुलाई जथाभावी छोड्न र दुव्र्यवहार हुनबाट जोगाउन डीएनए नमुना अध्ययन गर्नुु कम्पनीको मुख्य उदेश्य हो । तर, ककुरको मलमुत्र नहटाउने कुकुरका मालिक पत्ता लगाउन पनि सोही प्रविधि प्रयोग गर्न सकिन्छ ।

    ‘कुकुरको आनुवंशिक गणनाले आवश्यक माइक्रोचिप रजिस्ट्रेशनलाई सहयोग गर्ने र जुनसुकुै सहर, प्रान्त वा स्वायत्त समुदायका जनावर भए पनि तिनिहरुलाई एउटा राष्ट्रिय तहमा राम्रोसँग नियन्त्रण गर्न अनुमित दिन्छ,’ एडीएन क्यानिनोका सीइओ इनरिक्यू पेरिग्युल भन्छन् ।

    दुर्भाग्यवश सजाय सुनाइएकी महिलाको सन्दर्भमा भने प्याटर्ना शहरले गत सेप्टेम्बरमा कुकुरको डीएनए प्रणाली लागू गरेको थियो । उनले तत्कालै आफ्नो कुकुरलाई त्यसमा दर्ता गरेकी थिइन् । कुकुर हराएको अवस्थामा उनल वीमा दाबी गर्न सक्ने भएकोले पनि उनले हतारमा दर्ता गरेकी थिइन् ।

    आफ्नो सो निर्णयले ६ महिनापछि उनैलाई समस्या पार्ला भनेर उनले कल्पनासमेत गरेकी थिइनन् । महिलाले नाभर्रा रोडमा छोडेको कुकुरको मलमुत्रको नमुनालाई बेनलमाडेनाका अधिकारीहरुले संकलन गरेर म्याचका लागि एडीएन क्यानिनो डाटाबेसमा पठाएका थिए ।

    कुकुरका मालिक सेवाका लागि दर्ता गर्न खोज्दा सिस्टमले म्याच भएको देखाएकाले उनका नाममा जरिवाना सुनाइएको थियो ।

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology