वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार चारजनाको नमुना परीक्षण गर्दा ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पाँच हजार तीन सय ३३ जनाको पिसिआर परीक्षण गर्दा ७६८ जनामा र ६७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा २२६ जना निको भएका छन् ।
त्यसैगरी विगत २४ घण्टामा संक्रमणका कारण पाँचजनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभरि सक्रिय संक्रमितको संख्या बढेर पाँच हजार पाँच सय ४५ पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij