वेबटिभी खबर
काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा शनिबार तीन सय ९५ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाको काठमाडौं जिल्लामा मात्र ३१२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी ललितपुरमा ७४ र भक्तपुरमा नौजनामा संक्रमण भेटिएको हो ।
बढी भीडभाड हुने काठमाडौंमा संक्रमण दिनहुँ बढ्नु जोखिमपूर्ण मानिएको छ । उपत्यकाका तीनवटै जिल्लालाई कोरोनाको अति प्रभावित सूचिमा सरकारले राखेको छ ।
शनिबार देशभरि ८४३ जनामा संक्रमण पुष्टि भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij