Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

नेविसंघका नेतामाथि आक्रमण गर्नेलाई कारबाहीकाे माग  

नेविसंघका नेतामाथि आक्रमण गर्नेलाई कारबाहीकाे माग  

  • 1.2K
    SHARES
  • नेविसंघका नेतामाथि आक्रमण गर्नेलाई कारबाहीकाे माग  

    काठमाडौं । चितवनको रामपुर कृषि क्याम्पसमा नेपाल विद्यार्थी संघका विद्यार्थीहरुमाथि भएको आक्रमणको सत्यतथ्य छानविन गर्न पार्टीकी केन्द्रिय सदस्य डा.डीला संग्रौलाले सरकारसमक्ष माग गरेकी छिन् ।

    images

    नेविसंघका नेता दिपेश बानियाँ र खेमराज उपाध्यायमाथि सांघातिक हमला भएकाले उनीहरुको उपचारको व्यवथा मिलाउन पनि उनले सरकारसमक्ष आग्रह गरेकी छिन् । 

    घाइतेरुको हाल स्थानीय  अस्पतालमा उपचार भइरहेको छ । उक्त आक्रमणमा विद्यार्थी नेताहरु सोनाम लामा र हिमाल आचार्य लगायतका विद्यार्थीहरु समेत घाइते भएका छन् । 

    ‘उक्त निन्दनीय घटनाप्रती घोर भत्सर्ना गर्दछु,’ संग्रौलाले भनेकी छिन्, ‘शिक्षा जस्तो पवित्र स्थलमा  शान्तिपूर्ण  रुपले भेला भई आफ्नो विचार प्रकट गर्ने स्वतन्त्रतामाथि अंकुश लगाउँदै हतियारसहित नेवि संघमाथि गरिएको आक्रमणलाई क्षम्य मान्न कदापि सकिन्न ।’

    उनले घटनाका दोषीलाई अविलम्ब गिरफ्तार गरी कानुनी कठघरामा उभ्याउन र घाइते तथा उपचरात विद्यार्थीहरू न्याय  र राहत  दिलाउन सरकारसमक्ष माग गरेकी छिन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology