Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

  • 394
    SHARES
  • ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं । रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ लोबाङमा बिहीबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।

    मृत्यु हुनेमा ट्रयाक्टरका परिचालक सुनिलस्मृति गाउँपालिका–५ काप्राका २० वर्षीय खुमे थापा रहेका छन् । उनको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी सिटी अस्पतालमा  मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका चालक सुनिलस्मृति गाउँपालिका–३ मिझिङका २४ वर्षीय यमराज विष्टको  स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको छ ।

    गएराति साढे २ बजे विष्टले चलाएको लु ३ त ९९६० नम्बरको ट्रयाक्टर सडकबाट अन्दाजी ६० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाले जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij