Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

रौतहटमा सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

रौतहटमा सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • 374
    SHARES
  • रौतहटमा सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौं । पुर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा बिहीबार राति नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पैदलयात्री अन्दाजी ६० वर्षिय पुरुष रहेका छन् । उनको उपचारको क्रममा निजगढ समुदायिक अस्पतालमा आज बिहान पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

    गएराती पौने १ बजे नम्बर नखुलेको सवारी साधनले उनलाई ठक्कर दिई फरार भएको हो । दुर्घटना गराई फरार रहेको सवारी साधन र चालकको खोजिकार्य भैरहेकोे ईलाका प्रहरी कार्यालय चपुर रौतहटले जानकारी दिएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij