Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

एमसिसी निर्णयार्थ पेश भए कांग्रेस सकारात्मक हुनसक्छः डा.संग्रौला

एमसिसी निर्णयार्थ पेश भए कांग्रेस सकारात्मक हुनसक्छः डा.संग्रौला

  • 746
    SHARES
  • एमसिसी निर्णयार्थ पेश भए कांग्रेस सकारात्मक हुनसक्छः डा.संग्रौला

    बागलुङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा.डिला संग्रौलालाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसदमा निर्णयार्थ पेश भए कांग्रेसले सहयोग गर्न सक्ने बताएकी छिन् ।

    images

    नेपाल प्रेस युनियन बागलुङले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकारले एमसिसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने जिकिर गरिन् ।

    ‘सरकारले संसदबाट अनुमोदन गराउन प्रक्रिया चाल्नु पर्छ,’ उनले भनिन, ‘त्यो अवस्थामा हाम्रो संसदीय दलले सहयोगको निर्णय गर्नसक्छ ।’

    अर्काे प्रसंगमा उनले वर्तमान सरकारले हाल गरेका कामहरू अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाउँदै अब कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरिन् ।

    उनले कोरोनाले सर्वसाधारण आक्रान्त हुँदा पनि सरकार मुक दर्शक बन्ने बाहेक केही नगरेको आरोप लगाइन् । कोरोना परीक्षण बढाउने, आइसोलेसनको व्यवस्था गर्ने, अस्पतालमा आइसियू र भेन्टिलेटर थप्ने कुरामा सरकारले चासो नदिनु जनतामाथिको खेलवाड भएको उनको भनाइ थियो ।

    ‘कोरोनाले गम्भीर अवस्था सृजना गर्दा पनि सरकार कानमा तेल हालेर बसेको छ,’ उनले भनिन्, ‘यो महामारी फैलनबाट रोक्ने सवालमा सरकारको भूमिका कमजोर देखियो ।’

    गण्डकी प्रदेश सरकार कांग्रेसको नेतृत्वमा बन्न लागेको उल्लेख गर्दै उनले संघीय सरकारको नेतृत्व पनि कांग्रेसले गर्नु पर्ने बताइन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology