Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

खोटाङ सेवा समाज कतारको अधिवेशन आगामी शुक्रबार

खोटाङ सेवा समाज कतारको अधिवेशन आगामी शुक्रबार

  • चैत्र ११, २०७८ शुक्रवार २०:४३ बजे
  • 571
    SHARES
  • खोटाङ सेवा समाज कतारको अधिवेशन आगामी शुक्रबार

    खोटाङ । खोटाङ सेवा समाज कतारको ११औं अधिवेशन आगामी १ अप्रिल (शुक्रबार)मा हुने भएको छ । ‘प्रवासको पसिना, स्वदेशको साकार सपना’ भन्ने नारासहित १८ माघ २०५४ मा स्थापना गरिएको समाजको अधिवेशन नज्माको सालिमार पाटी प्यालेसको सभाहलमा गर्ने तयारी गरिएको छ ।

    images

    कतारमा ज्येष्ठ सामाजिक संस्थाको परिचय बनाएको समाजको अधिवेशनको तयारी तीव्र पारिएको  खोटाङ सेवा समाज कतारका अध्यक्ष रुद्र शर्मा आचार्यले जानकारी दिए । 

    रोजगारीमा सिलसिलामा कतार पुगेका जिल्लावासीलाई एकताबद्ध गर्दै समस्या परेका बेलामा हातेमालो गर्नका लागि समाजको स्थापना गरिएको हो । कतारमा नेपाली नियोग नहुँदा समाजले नियोगले सरह योगदान पुर्‍याएको थियो । 

    समाजले आपत् विपतमा परेका नेपाली कामदारको उद्धार, अकालमा मृत्यु भएका नेपालीको शव स्वदेश पठाउने, आखफन्त गुमाएका आश्रित परिवारलाई आर्थिक तथा संस्थागत सहयोग गर्दैआएको छ । यस बाहेक समाजले २०७४ सालमा खोटाङका लागि एक वटा एम्बुलेन्स जुटाएर हस्तान्तरण गरेको थियो ।

    अध्यक्ष शर्माले अधिवेशनमा उपस्थितिका लागि कतारमा रहेका खोटाङ्गे तथा गैर–खोटाङ्गे नेपालीलाई सहभागीताका लागि आग्रह गरेका छन् । अधिवेशनमा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने समाजले जनाएको छ ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology