Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्दै नेकपा एस

गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्दै नेकपा एस

  • 480
    SHARES
  • गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्दै नेकपा एस

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महासचिव डा.बेदुराम भुसाल नेतृत्वमा गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत दलसँग गठबन्धन गर्न संवाद गर्ने कार्याधिकार कार्यदललाई दिइने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

    कार्यदल गठन केही दिनमै हुने पनि उनले बताए । प्रतिगमनविरोधी शक्तिलाई परास्त गर्न भए पनि गठबन्धन बनाएर निर्वाचनमा जानुपर्ने उनको भनाइ छ । उनले भने,‘सत्तारुढ गठबन्धनका घटकहरू पनि गठबन्धनको पक्षमा छन् ।’ 

    महासचिवको नेतृत्वमा गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्ने तयारीमा छौँ ।’ नेताहरू उपत्यकाबाहिर भएकाले कायैदल गठन गर्न केही ढिलाई भएको उनले बताए । माधवकुमार नेपाल नेतृत्वको नेकपा एस पहिलोपटक निर्वाचनमा जाँदैछ । 

     

  • सम्बन्धित विषय:

  • # नेकपा एस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij