Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

नयाँ बजेटको तयारीबीच अर्थले गर्यो १० सहसचिवको जिम्मेवारी हेरफेर [नामसहित]

नयाँ बजेटको तयारीबीच अर्थले गर्यो १० सहसचिवको जिम्मेवारी हेरफेर [नामसहित]

  • 635
    SHARES
  • नयाँ बजेटको तयारीबीच अर्थले गर्यो १० सहसचिवको जिम्मेवारी हेरफेर [नामसहित]

    काठमाडौं । आर्थिक वर्ष ०७८/७९ को वार्षिक बजेटको तयारीका बीचमा अर्थ मन्त्रालयले १० जना सहसचिवको सरुवा र जिम्मेवारी हेरफेर गरेको छ ।

    मन्त्रीस्तरीय निर्णयबाट थानप्रसाद पंज्ञानीलाई सहमहालेखा नियन्त्रकमा पदस्थापन गरिएको छ । त्यस्तै वीरगन्ज भन्सारका प्रमुख महेश आचार्य अर्थ मन्त्रालयमा कामकाजका लागि ल्याइएको छ भने विश्वप्रसाद अर्याल वीरगन्ज भन्सारमा सरुवा भएका छन् ।

    अर्थका सहसचिव अच्युत शिवाकोटी भन्सार जाँचपास कार्यालयको प्रमुख प्रशासकमा पदस्थापन भएका छन् भने उमाकान्त आचार्य अर्थमन्त्रालयबाट सह महालेखा नियन्त्रकमा पदस्थापन भएका छन् ।

    त्यस्तै ईश्वरीप्रसाद अर्यालय अर्थ मन्त्रालयबाट भन्सार विभागको उप महानिर्देशकमा पदस्थापन भएका छन् भने महेश भट्टराई केदार पनेरु अवकास भएपछि रिक्त हुने पदमा पदस्थापन हुने गवरि अर्थ मन्त्रालयमै राखिएका छन् ।

    अर्थका सहसचिव बाबुराम भण्डारी सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको तालिम प्रमुख र भन्सारका उपमहानिर्देशक भूमिराम शर्मा नेपाल राजश्व परामर्श विकास समितिको सदस्य सचिवमा काज सरुवा भएका छन् ।

    हेर्नुस् नामावली

    १. थानप्रसाद पंज्ञानी- सह महालेखा नियन्त्रक

    २. अच्युतप्रसाद शिवाकोटी- प्रमुख जाँचपास प्रशासक

    ३. उमाकान्त आचार्य- सह महालेखा नियन्त्रक

    ४. ईश्वरप्रसाद अर्याल- उप महानिर्देशक, भन्सार विभाग

    ५.बाबुराम सुवेदी- कार्यालय प्रमुख सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

    ६. विश्वप्रसाद अर्याल- वीरगन्ज भन्सार प्रमुख 

    ७. महेश भट्टराई- अर्थ मन्त्रालय

    ८. महेश आचार्य- अर्थ मन्त्रालय

    ९. बाबुराम भण्डारी- सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र

    १. भूमिराम शर्मा- सदस्य सचिव, नेपाल राजश्व परामर्श विकास समिति 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij