Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

काभ्रेपलाञ्चोक कोरोनामुक्त

काभ्रेपलाञ्चोक कोरोनामुक्त

  • 456
    SHARES
  • काभ्रेपलाञ्चोक कोरोनामुक्त

    काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा चार दिनदेखि गरिएकाे परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना संक्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना परीक्षण गरिएको थियो ।

    चार दिनदेखि दैनिक दुई दर्जन हाराहारीमा कोरोनासँग मिल्दोजुल्दो क्षण देखिएकाको बिरामीलाई परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको जिल्लास्थित कोभिड-१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी केन्द्र (डिसीएमसी)का सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

    उनका अनुसार यसअघि कोरोना संक्रमणको दोस्रो लहरपश्चात अर्थात् मंसिरमा पहिलो पटक जिल्ला कोरोना संक्रमणमुक्त भएको थियो । सदरमुकाम धुलिखेलस्थित प्रदेश प्रयोगशालामा कोरोना लक्षण देखिएका व्यक्तिको परीक्षण भइरहने सेढाईँले बताए ।

    काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् । चार दिनअघि बनेपा नगरपालिकामा रहेका एक जना कोरोना संक्रमित पुरुष संक्रमणमुक्त भएपछि जिल्ला कोरोना संकमणमुक्त भएको हो ।

    केन्द्रका अनुसार जिल्लामा हालसम्म दुई वर्षको अवधिमा १७ हजार ५५६ मा संक्रमण देखिएकोमा १९५ जनाको मृत्यु भएको थियो । कोरोना संक्रमणको तेस्रो लहरमा जिल्लाका एक पुरुषको मृत्यु भएको हो ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij