Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

ट्रकको ठक्करबाट मोटरसाइल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइल चालकको मृत्यु

  • 348
    SHARES
  • ट्रकको ठक्करबाट मोटरसाइल चालकको मृत्यु

    तनहुँ । पृथ्वीराजमार्ग सडकखण्डअन्तरगत आज म्याग्दे गाउँपालिका-१ गुणादीमा ट्रकले ठक्कर दिँदा तनहुँमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    मृत्यु हुने तनहुँको ऋषिङ गाउँपालिका-२ काहुँशिवपुर निवासी १९ वर्षीय तारन थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । तनहुँको थर्पुबाट दमौलीतर्फ आउँदै गरेको ट्रकले सोही दिशामा गुडिरहेको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा घाइते युवकको दमौली अस्पतालमा लैजादै गर्दा मृत्यु भएको हो ।

    मृतकका दाजु रामबहादुर थापाले मृतक आफ्नो भाइ भएको जनाएपछि पहिचान खुलेको हो । ना३ख ४६९१ नम्बरको ट्रकले सोही दिशामा गुडिरहेको ग५प ६०८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

    ठक्कर पश्चात फरार रहेका ट्रक चालक प्रहरी सम्पर्कमा आएको तर नियन्त्रणमा आइनसकेको तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij