Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मंगल ग्रहमा उड्यो हेलिकप्टर

मंगल ग्रहमा उड्यो हेलिकप्टर

  • 988
    SHARES
  • मंगल ग्रहमा उड्यो हेलिकप्टर

    काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पर्सिभिअरन्स रोभरसँगै मंगल ग्रहमा पुगेको हेलिकप्टरले उडान गरेर इतिहास रचेको छ । करिब ६ वर्षको परिश्रमपछि बनेको यस हेलिकप्टरले मंगल ग्रहमा पहिलोपटक उडान भर्दा धेरै च्यानलले नासाको माध्यामबाट प्रत्यक्ष प्रसारण गरेका थिए । 

    हेलिकप्टर मंगल ग्रहको जेजेरो क्रेटरमा बनेको अस्थायी हेलिप्याडबाट १० फिट माथिसम्म उडेको थियो । पृथ्वीबाहेक अन्य कुनै ग्रहमा हेलिकप्टर उडेको यो पहिलोपटक हो । यस मिसनलाई नासाको क्यालिफोर्नियास्थित जेट प्रोपल्सन ल्याबरेटरीले लाइभ स्ट्रिमिङ गरिरहेको थियो । 

    इन्जुनेटी भनिने स्वचालित ड्रोन एक मिनेटभन्दा थोरै समय हावामा उडेपछि नासाले अर्कै विश्वमा नियन्त्रित उडानलाई प्रतिनिधित्व गर्ने उत्सव मनाइरहेको छ ।

    १.८ केजीको यस रोटरक्राफ्ट चार कार्बन फाइबर ब्लेडको सहायताबाट उडेको थियो । जसको ब्लेडहरू दुई हजार चार सय राउन्ड प्रतिमिनेटको दरमा घुम्छन् । यो गति पृथ्वीमा हेलिकप्टरको ब्लेड घुम्ने गतिभन्दा ८ गुणा बढी छ । मंगल ग्रहको वातावरण पृथ्वीको भन्दा १०० गुणा पातलो भएका कारण ब्लेड घुम्ने गति बढी बनाइएको हो । 

    मंगलग्रह कस्तो छ, हेर्नूहोस् तस्बिरहरू

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij