Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

मलेसियाद्वारा पपुवा न्यगिनीसामु १९७ रनको लक्ष्य

मलेसियाद्वारा पपुवा न्यगिनीसामु १९७ रनको लक्ष्य

  • 598
    SHARES
  • मलेसियाद्वारा पपुवा न्यगिनीसामु १९७ रनको लक्ष्य

    काठमाडौं । मलेसियाले त्रिकोणात्मक टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीलाई १९७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले जारी खेलमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनायो ।

    मलेसियाका लागि सैद अजिजले सर्वाधिक ६४ रनको योगदान दिए । उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै कप्तान अहमद फैजले ६३ रनको योगदान दिए । उनले ४३ बल खेल्ने क्रममा ५ चौका र ३ छक्का हाने ।

    जुबैद जुल्किफ्लीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन तथा विरनदीप सिंह १५ बलमा एक चौकासहित १० रन बनाए । बलिङतर्फ पपुवा न्युगिनीका काबुआ मोरेआले ४ विकेट तथा चाद सोपर र राइली हेकुरेले एक-एक विकेट लिए ।

    अहिले पपुवा न्युगिनी जवाफी व्याटिङमा उत्रेको छ । उसले १३ ओभरमा दुई विकेटको क्षतिमा ११८ रन बनाएको छ । जारी सिरिजमा नेपाल तीन खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ । नेपालले शनिबार चौथो खेल मलेसियासँग खेल्ने छ । 

  • सम्बन्धित विषय:

  • # मलेसिया

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij