Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

  • 572
    SHARES
  • बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

    कैलाली । कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पताल तनावपूर्ण भएको छ । अस्पतालको लापरवाहीको कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तीले तोडफोड गरेका हुन् ।

    जिल्लाको गोदावरी नगरपालिका-३ का ३८ वर्षीय विनोदकुमार बोहराको शनिबार बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि आफन्त आक्रोशित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

    उनका अनुसार डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले अस्पतालमा ढुंगामुडा प्रहार गरेका छन् । अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गरेको छ ।

    नायब उपरीक्षक जोशीका अनुसार थप क्षति हुन नदिन धनगढीबाटसमेत घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको बताए । उनले भने, ‘आक्रोशित तोडफोडमा उत्रिएपछि भीडलाई तितरवितर गर्न अश्रुग्यास प्रयोग गर्नुपर्‍यो, स्थिति प्रहरीको नियन्त्रणमै छ ।’

    तोडफोडबाट अस्पतालको भ्यान, एम्बुलेन्स र भवनको सिसामा क्षति पुगेको छ । सो अस्पतालमा शुक्रबार राति उपचारका लागि भर्ना भएका गोदावरी नगरपालिका-३ का ३७ वर्षीय विनोदकुमार बोहराको उपचारका क्रममा आज बिहान मृत्यु भएपछि बिरामीका आफन्त आक्रोशित भएको जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij