Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

चैते दशैं नजिकिएसँगै कालिका मन्दिरमा भक्तजनको भीड

चैते दशैं नजिकिएसँगै कालिका मन्दिरमा भक्तजनको भीड

  • 900
    SHARES
  • चैते दशैं नजिकिएसँगै कालिका मन्दिरमा भक्तजनको भीड

    बलेवा । चैते दशैं नजिकिएसँगै गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङको कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । अहिले मन्दिर परिसरको पार्किङस्थलमा सवारी साधन पार्किङ गर्ने ठाउँको अभाब हुनाका साथ पूजा सामग्री खरिद गर्ने पसलमा भीड लागेको हो ।

    मन्दिरमा लागेको भीड मूल प्रवेशद्वारसम्म नै पुगेकाले पोखरा-बागलुङ राजमार्गसमेत बेलाबेलामा जाम हुन थालेको छ । कोरोना महामारीका कारण विगत दुई वर्षको चैते दशैंमा नखुलेको कालिका मन्दिरमा अहिले काठमाडौं, चितवन, भैरहवा, पोखरालगायत स्थानबाट भक्तजन दर्शनका लागि आएका छन् ।

    उक्त मन्दिरमा वडा दशैं र चैतेदशैंको नवरात्रमा ठूलो भीड लाग्ने गर्दछ । लामो समयपछि खुलेको उक्त मन्दिरमा दर्शन गर्नेको संख्या अधिक रहेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

    कोरोनाका कारण लामो समयसम्म मन्दिर बन्द हुँदा भक्तजनले बलिसमेत दिन पाएका थिएनन् । अहिले बलि चढाउने, भाकल गर्ने तथा मन्दिर परिसरमा पूजापाठ लगाउनेको चाप बढेको उनको भनाइ छ ।

    मन्दिर क्षेत्रमा भीडभाड भएसँगै जिल्ला प्रहरी कार्यालयले सुरक्षा बढाएको छ । चैते दशैंको अवसरमा गुठीले यही चैत २४ देखि २८ गतेसम्म चैते दशैं मेलासमेत आयोजना गरेको छ ।

    मन्दिरमा चैत्राष्टमी र वडादशैंमा विशेष पूजाआजा हुने भएकाले यही समयमा धेरै भक्तजनको भीड लाग्ने गरेको छ । उक्त मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij