Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

प्राविधिक औजार बनाउन आविष्कार केन्द्र र गण्डकी विश्वविद्यालयबीच सम्झौता

प्राविधिक औजार बनाउन आविष्कार केन्द्र र गण्डकी विश्वविद्यालयबीच सम्झौता

  • 581
    SHARES
  • प्राविधिक औजार बनाउन आविष्कार केन्द्र र गण्डकी विश्वविद्यालयबीच सम्झौता

    पोखरा । गण्डकी विश्वविद्यालयले इनोभेसन सेन्टर सन्चालन गर्ने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेर उपकरण र औजार उत्पादनको तयारी थालेको हो । यसका लागि आविष्कार केन्द्रसँग सम्झौता गरिसकेको छ । विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङ र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    images

    केही समयभित्रै ६ थरीका औजार उत्पादन गर्न लागेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका राजिष्ट्रार डा.कैलाश तिमिल्सीनाका अनुसार इनोभेसन सेन्टरको भवन निर्माण भैसकेको छ । ‘साढे दुई करोडका सामान ल्याइसक्यौं । धेरै औजार खरिद प्रक्रियामा छन्,’ उनले भने, ‘हाम्रो जोड आविष्कारमा हो । पढाईसँगै प्रविधिसँग हिडाउने विश्वविद्यालयको प्रयास छ ।’ ७० वटा औजार खरिद प्रक्रियामा रहेको उनले बताए ।

    गण्डकी आफैले बिजुलीबाट बाल्ने चुलो, अलैंची सुकाउने उपकरण, हाइब्रिड ह्याचिङ मेसिन, धान झाँट्ने मेसिन, कोदो झार्ने र छुट्याउने मेसिन उत्पादन गर्न लागिएको छ । प्रदेशको आवश्यकता अनुसारका उपकरण निर्माण गर्न लागिएको उनले बताए । गण्डकी विश्वविद्यालयले कोदोको रक्सी ब्राण्डिङ गर्ने तयारी साथ अनुसन्धान गरिरहेको छ ।

    अहिले विश्वविद्यालयबाट नेपालमै पहिलो पटक स्पोर्टस म्यानेजमेण्टसहित, फार्मेसी र आइटीको पढाई सुरु भएको छ । बीबीए र बीएएलएलबीको कार्यक्रम सुरु गर्न लागिएको कुलपति गुरुङले बताए । नेपालमै पहिलो पटक प्रदेश सरकारले विश्वविद्यालय सन्चालन गरेको हो । छिटै मेडिकल कलेज सन्चालनमा ल्याउन लागिएको गुरुङको भनाइ छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology