Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

मोरङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • 311
    SHARES
  • मोरङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका–७ मा आइतबार बिहान जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् । 

    बा १७ च ७९७१ नम्बरको बोलेरो जिपले आइतबार बिहान साढे ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । जिपको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा मृत्यु भएको हो । 

    सवारी साधन सहित चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij