Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

नेपाल बैंकको बागलुङमा आफ्नै भवन

नेपाल बैंकको बागलुङमा आफ्नै भवन

  • 533
    SHARES
  • नेपाल बैंकको बागलुङमा आफ्नै भवन

    बागलुङ । नेपाल बैंक  लिमिटेडले बागलुङमा आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । बागलुङ नगरपालिका-३ स्थित आफ्नै जग्गामा २ करोड ३६ लाख ४२ हजार लागतमा भवन निर्माण गरिएको बैंकका शाखा प्रमुख अमृत सेवाले बताए ।

    बैंकको भवन जीर्ण भएपछि चार वर्ष अघि भाडाको घरमा सरेको थियो । बैंकले सुविधा सम्पन्न आफ्नै भवन निर्माण गरेर आइतबारदेखि सेवा दिन थालिएको उनले बताए । यसअघि बैंकले मासिक एक लाख भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको थियो ।

    बैंकको नाममा रहेको ६ आना १ पैसा जग्गामा तीन तले सुविधा सम्पन्न भवन निर्माण भएर हस्तान्तरण भएपछि सेवा दिन थालिएको हो । ‘डेभ एण्ड सायर तिलक जेबी निर्माण कम्पनी’ ले भवन निर्माण गरेको थियो ।

    २१ हजार बढी ग्राहकलाई सेवा दिइरहेको बैंकको आफ्नै भवन बनेपछि नयाँ एटीएम सेवा, लकर सेवा ग्राहकलाई पार्किङ सुविधासहितको सेवा दिएको शाखा प्रमुख सेवाको भनाइ छ ।  भाडाको घरबाट सेवा दिँदा निकै समस्या भएकोमा आइतबारदेखि आफ्नै भवनबाट सेवा दिदा सहज हुने शाखाले अपेक्षा लिएको छ ।

    घ वर्गको शाखामा दुई पटक उत्कृष्ट शाखाबाट सम्मानित भइसकेको छ । नेपाल बैंक लिमिटेडको देशभर २१३ शाखा १४८ एटीएम ५० वटा एक्टेन्सन काउन्टर, २० लाख ग्राहक रहेका छन् । बागलुङको शाखा र एक्सटेन्सन काउन्टरमा गरी २१ जना कर्मचारी कार्यरत छन् ।

    बागलुङ सदरमुकामसहित गलकोट र ढोरपाटन नगरपालिकामा बैंकको शाखा छ । नेपालकै सबैभन्दा पुरानो सो बैंकको बागलुङ शाखाले २०१७ साल माघ ४ गतेदेखि  वित्तीय सेवा दिँदै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij