Logo

२०८०, आश्विन ११ गते बिहिवार

२०८०, आश्विन ११ गते बिहिवार

images
images

कुकुरले मानव खप्पर ल्याएपछि...

कुकुरले मानव खप्पर ल्याएपछि...

  • 1.0K
    SHARES
  • कुकुरले मानव खप्पर ल्याएपछि...

    सांकेतिक तस्बिर

    images

    काठमाडौं । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीमा मानव खप्परको कंकाल फेला परेको छ । साविकको छितापोखरी–१ दिहुँमा कुकुरले बाटोमा ल्याएको अवस्थामा खप्परको कंकाल फेला परेको वडाध्यक्ष मिलन राईले बताए ।

    सोमबार बिहान विद्यालय जानेक्रममा स्थानीय शिक्षक सुरेश तामाङले मानव खप्परको कंकाल भेटेर प्रहरीलाई खबर गरेका थिए । दिहुँबाट डाँडाखर्क जाने बाटोमा भेटिएको खप्परको कंकाल कसको हो भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक सागर शाहले बताए ।

    मानव खप्पर फेला परेपछि प्रहरीचौकी छितापोखरी र ईलाका प्रहरी कार्यालय खोटाङ बजारबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले कानुनी प्रकृया पुरा गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिँदैछ । घट्नाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक शाहले बताए ।

    सोही ठाउँका बिष्णु तामाङ गत १४ मंसिरदेखि बेपत्ता छन् । कतिपयले सो खप्पर तामाङको भएको अनुमान गरेका छन् । तर, आधिकारिक पुष्टि बिना खप्परको कंकाल ‘कसको हो’ भनेर यकिन गर्न नसकिने उनको भनाइ छ ।

    बाटोमा खप्पर भेटिए पनि शरीरका अन्य भाग भने नभेटिएको वडाध्यक्ष राईले बताए । 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology