वेबटिभी खबर
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा आगलागी हुँदा १५ घर जलेर नष्ट भएका छन् ।
गाउँपालिकाको वडा नं-४ स्थित कृष्णनगर गाउँमा सोमबार अपराह्न भएको आगलागीबाट १५ वटा घरगोठ र ४ वटा बाख्रा जलेको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरका प्रमुख प्रहरी निरीक्षक बसन्त गौतमले जानकारी दिएका हुन् ।
उनका अनुसार आगलागीबाट करिब १८ लाखको क्षति भएको अनुमान गरिएको छ । नरैनापुर गाउँपालिकाको दमकल, सुरक्षाकर्मी, रेडक्रसकर्मी र स्थानीय नागरिकको सहयोगमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट मानवीय क्षति नभए पनि घरगोठ जलेका कारण स्थानीयवासीलाई घरबासको समस्या भएको नरैनापुरका नागरिक अगुवा सोहनलाल यादवले बताए । गर्मीयाममा नरैनापुरमा हरेक वर्ष आगलागी हुने गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij