वेबटिभी खबर
नयाँ दिल्ली । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई कोरोना संक्रमण भएको छ । उनले आफू कोरोना संक्रमित भएर घरमै आइसोलेसनमा बसेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । रूघाखाेकी जस्ता हल्का लक्षण देखिएपछि राहुलले काेराेना परीक्षण गराएका थिए ।
राहुल केही दिन अगाडिसम्म केरला, पुडुचेरी, पश्चिम बंगाल, असम, तामिलनाडुमा चुनावी र्याली गरिरहेका थिए । उनले कोरोना संक्रमण बढेको देखेपछि दुई दिन अगाडिमात्रै सबै र्याली रद्द गरेका थिए ।
यस्तै श्रीमती सुनिता केजरीवाललाई कोरोना संक्रमण भएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि घरबाटै काम गर्ने गरी क्वारेन्टिनमा बसेका छन् । अर्का केन्द्रीय मन्त्री जितेन्द्र सिंह पनि काेराेनाबाट संक्रमित भएका छन् ।
भारतमा पछिल्ला चार दिनयता दैनिक संक्रमितको संख्या दुई लाख माथि पुगेको छ भने मृत्यु पनि १७ सय नाघेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij